Skip to content
Prabhu

पेट्रोलियम पदार्थको मूल्य लिटरमा ३ रुपैयाँले घट्यो

काठमाडौं । नेपाल आयाल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले आज राती १ बजेदेखि लागू हुने गरि पेट्रोलियम पदार्थको मूल्य लिटरमा ३ रुपैयाँले घटाएको हो ।

निगमले इण्डियन आयाल कर्पोरशेनबाट मूल्य घटेर आएकाले मूल्य समायोजन गरेको जनाएको छ । निगमका अनुसार अब पेट्रोलको मूल्य पहिलो वर्गमा १५७ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १५९ रुपैयाँ र तेस्रो वर्गमा १६० रुपैयाँ पुगेको छ ।

global
अर्घाखाँची सिमेन्ट

त्यस्तै जिडेल र मट्टीतेल पहिलो वर्गमा १४३ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १४५ रुपैयाँ र तेस्रो वर्गमा १४६ रुपैयाँ पुगेको छ । पहिलो वर्गमा चारआली, जनकपुर, आमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज रहेका छन् । त्यस्तै दोस्रो वर्गमा सुर्खेत र दाङ तथा तेस्रो वर्गमा काठमाडौं, पोखरा र दिपायल पर्छन् ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal