Skip to content

नेपाल माइक्रो इन्स्योरेन्सको सेयर मूल्यमा सकारात्मक सर्किट

nabil bank

काठमाडौं । बुधबारको सेयर कारोबार जारी रहँदा नेपाल माइक्रो इन्स्योरेन्सको सेयर मूल्यमा पनि सकारात्मक सर्किट लागेको छ । यो आजको कारोबार जारी रहँदा सकारात्मक सर्किट लाग्ने तेस्रो कम्पनी हो ।

यस अघि क्रेस्ट माइक्रो लाइफ र कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्यमा पनि सकारात्मक सर्किट लागेको थियो । आजको कारोबार जारी रहँदा नेपाल माइक्रो इन्स्योरेन्सको सेयर मूल्य ४८ रुपैयाँ ६० पैसाले बढेर ५३५ रुपैयाँ २० पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा ९.९९ प्रतिशतले बढी हो ।

यो अवस्थामा समग्र सेयर बजार परिसूचक पनि ४ दशमलव ५१ अंकले बढेर २६९३ दशमलव ७३ विन्दुमा पुगेको छ । यो अवधिमा सेयर बजारमा १ अर्ब २९ करोड माथिको कारोबार भएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime