Skip to content

प्रि ओपन सेसनमा दोहोरो अंकले बढ्यो नेप्से

nabil bank

काठमाडौं । बुधबारको प्रि ओपन सेसनमा नेप्से परिसूचक दोहोरो अंकले बढेर बन्द भएको छ । आजको प्रि ओपन सेसनमा नेप्से परिसूचक १३ दशमलव २३ अंकले बढेर बन्द भएको हो ।

आजको प्रि ओपन सेसन पछि नेप्से परिसूचक २७०२ दशमलव ४६ विन्दुमा पुगेको छ । आजको प्रि ओपन सेसनमा ३७ कम्पनीको सेयर मूल्य बढेको छ भने १६ कम्पनीको घटेको छ । त्यस्तै आजको उक्त सेसनमा सेन्सेटिभ इन्डेक्स पनि ३ दशमलव ८८ अंकले बढेर ४५४ दशमलव ४० विन्दुमा पुगेको छ ।

आजको उक्त सेसनमा ५४ कम्पनीका ५५ हजार २३७ कित्ता सेयर १७९ पटक खरिद बिक्री हुँदा १ करोड ७३ लाख ४४ हजार ८३८ रुपैयाँ बराबरको कारोबार भएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime