Skip to content

बलेफी हाइड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट

nabil bank

काठमाडौं । बुधबारको सेयर कारोबार जारी रहँदा बलेफी हाइड्रोपावरको सेयर मूल्यमा पनि सकारात्मक सर्किट लागेको छ । दिउँसो १ बजेको कारोबार समयमा यो कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो ।

यो कम्पनीको सेयर मूल्य २३ रुपैयाँ ०४ पैसाले बढेर २५३ रुपैयाँ ५० पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा १० प्रतिशतले बढी हो । यस अघि नेपाल माइक्रो इन्स्योरेन्स र क्रेस्ट माइक्रो लाइफको सेयर मूल्यमा पनि सकारात्मक सर्किट लागेको थियो ।

यो समाचार तयारपार्दासम्म समग्र सेयर बजार परिसूचक ४ दशमलव ३९ अंकले बढेर २६९३ दशमलव ६१ विन्दुमा पुगेको छ । यो अवधिमा सेयर बजारमा ३ अर्ब ६७ करोड माथिको कारोबार भएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime