Skip to content

लुक्लाबाट रामेछाप उडेको सीता एयरको जहाज काठमाडौंमा आकस्मिक अवतरण

nabil bank

काठमाडौं । सीता एयरको जहाज बुधबार बिहान लुक्लाबाट रामेछाप उडेको सो जहाजले प्राविधिक समस्या आयो भनेपछि काठमाडौं डाइभर्ट गरेर आकस्मिक अवतरण गरिएको छ ।

१४ जना यात्रु बोकेर आएको सो जहाजको हाइड्रोलिक फेल भयो भनेपछि आकस्मिक अवतरणपछि तारेर ट्याक्टरले पार्किङ स्थलमा लगेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता रेन्जी शेर्पाले बताए ।

उनका अनुसार सम्पूर्ण तयारी गरेर आकस्मिक अवतरण गरिएको जहाज समान्य अवस्थामा छ । ९एन एएचआई कलसाइनको डोर्नियर जहाजमा इन्डिकेटरले हाइड्रोलिको पे्रसर नआएको संकेत गरेको थियो ।

हाइड्रोलिकको प्रेसर जति हुनुपर्ने थियो त्यो नभएकाले रामेछापको तुलनामा काठमाडौं विमानस्थलको धावनमार्ग ठूलो भएको यतै आउनुपरेको सीता एयरका महाप्रवन्धक घनश्याम आचार्यले बताए। जहाज अवतरण गरेपछि ६ मिनेटलाई विमानस्थल बन्द गरिएको थियो।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime