Skip to content

सेयर बजार आज पनि बढ्यो, कारोबारमा भने गिरावट

nabil bank

काठमाडौं । बुधबार पनि सेयर बजार बढेर कारोबार भएको छ । अघिल्लो दिन पनि बढेको बजार आज पनि बढेको हो ।

आज सेयर बजार परिसूचक ७ दशमलव ०१ अंकले बढेको छ । आजको कारोबारपछि सेयर बजार परिसूचक २६९६ दशमलव ९७ विन्दुमा पुगेको छ । आज सेयर बजारमा १४६ कम्पनीको सेयर मूल्य बढेको छ भने ९७ कम्पनीको सेयर मूल्य घटेको छ ।

त्यस्तै २ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ । त्यस्तै क वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १ दशमलव ४५ अंकले बढेर ४५२ दशमलव ०६ विन्दुमा पुगेको छ । आज सेयर बजारमा १३ उपसूचकमध्ये ९ उपसूचकको सेयर मूल्य बढेको छ भने ४ वटाको मूल्य घटेको छ ।

परिसूचक बढे पनि कारोबार रकममा कमी आएको छ । आज ७ अर्ब २६ करोड ५१ लाख २२ हजार २४१ रूपैयाँको कारोबार भएको छ । अघिल्लो दिन साढे ८ अर्व भन्दा माथिको कारोबार भएको थियो । आज ५ कम्पनीमा सकारात्मक सर्किट लागेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime