Skip to content
Prabhu

राष्ट्रिय जीवन बीमा कम्पनीको साधारणसभा आज

काठमाडौं । राष्ट्रिय जीवन बीमा कम्पनीको प्रथम वार्षिक साधारणसभा आज बस्दैछ । सभा रामशाह थपस्थित कम्पनीको प्रधान कार्यालयमा अपराह्न ४ बजेदेखि शुरू हुनेछ ।

सभाले अध्यक्षले पेश गर्ने प्रतिवेदन, गत जेठ ३ गतेको निर्णय र तत्पश्चात गठित सञ्चालक समितिलाई अनुमोदन गरी निरन्तरता दिने, साविक राष्ट्रिय बीमा संस्थानको आर्थिक वर्ष ०६९/७० देखि ०७३/७४ सम्म पाँच आवको लेखापरीक्षकको प्रतिवेदन सहितको वित्तीय विवरण पारित गर्नेछ ।

global
अर्घाखाँची सिमेन्ट

यसका साथै आव ०७६/७७ देखि ०७८/७९ सम्मको तीन आवको लेखापरीक्षकको नियुक्ति र पारिश्रमिक अनुमोदन गर्ने, कम्पनीको सञ्चालक समितिले गत असार ३० गते गरेको पुँजी वृद्धि योजनालाई अनुमोदन गर्ने र सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सभाले पारित गर्नेछ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal