Skip to content
Prabhu

सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, तोलाको १ लाख ८७ हजार

काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मूल्यले पुनः नयाँ कीर्तिमान कायम गरेको छ । अघिल्लो दिन घटेको सुन आज तोलामा २ हजार ७०० रुपैयाँले बढेर नयाँ कीर्तिमान कायम गरेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा १ लाख ८७ हजार रुपैयाँ पुगेको छ । अघिल्लो दिन सुन तोलामा १ लाख ८४ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । पछिल्लो समय सुनको मूल्य लगातार रुपमा बढिरहेको छ।

global
अर्घाखाँची सिमेन्ट

त्यस्तै आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेको छ । आज चाँदी तोलाको १ हजार ९५५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदी तोलाको १ हजार ९४५ रुपैयाँमा कारोबार भएको थियो ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal