Skip to content
Prabhu

तरलता व्यवस्थापनका लागि बैंकिङ प्रणालीबाट ३० अर्ब रुपैयाँ उठाउँदै केन्द्रीय बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज बुधबार बजारबाट ३० अर्ब रुपैयाँ उठाउने भएको छ । अहिले बैंकहरुमा अधिक तरलताको अवस्था रहेको छ । अधिक तरलतालाई व्यवस्थापन गर्नका लागि केन्द्रीय बैंकले बजारबाट तरलता प्रशोचन गर्दै आइरहेको छ । सोहीअनुसार आज पनि राष्ट्र बैंकले २१ दिनका लागि ३० अर्ब रुपैयाँ प्रशोचन गर्न लागेको हो ।

राष्ट्र बैंकले निक्षेप संकलन उपकरणको प्रयोग गरेर उक्त रकम उठाउने भएको हो । उक्त रकम बोलकबोलमार्फत बैंकहरुबाट उठाउने केन्द्रीय बैंकले जनाएको छ । इच्छुक बैंक तथा वित्तीय संस्थाले बुधबार दिउँसो ३ बजेसम्म बोलकबोलमार्फत आवेदन दिन सक्नेछन् ।

global
अर्घाखाँची सिमेन्ट

उक्त रकमको साँवा र ब्याज भुक्तानी वैशाख २४ गते हुने छ । ब्याजदर भने बोलकबोलबाटै निर्धारण हुनेछ । बैंक तथा वित्तीय सस्थाहरुले न्यूनतम १० करोड र अधिकतम ५ करोडले निःशेष भाग जाने गरी निष्कासित रकम बराबरको माग गर्न सक्नेछन् ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal