Skip to content

चैतमा घरजग्गा किनबेच र राजश्व संकलन बढ्याे

nabil bank

काठमाडौं । चैत महिनामा मात्रै घरजग्गा कारोबारबाट ४ अर्ब ३९ करोड ४६ लाख ८६ हजार रुपैयाँ राजस्व उठेको छ । चालु आर्थिक वर्षको अरू महिनाभन्दा बढी रहेको भूमि, व्यवस्थापन तथा अभिलेख विभागले जनाएको छ । चैतमा राजस्वसँगै घरजग्गाको कारोबार र कित्ताकाट पनि धेरै भएको विभागले जनाएको छ ।

चैत महिनामा कित्ताकाट १ लाख २२ हजार ६५८ पुगेका छन् । यो संख्या चालु आर्थिक वर्षकै उच्च हो । तर, गत वर्षको सोही महिनाको तुलनामा भने कम हो । गत चैतमा १ लाख ३१ हजार ५५८ कित्ताकाट भएको थियो ।

चैतमा घरजग्गा किनबेच र राजश्व संकलन पनि बढेको छ । एक महिनामा देशभर ४९ हजार ८३२ लिखत पारित भएका छन् भने ४ अर्ब ३९ करोड ४७ लाख रुपैयाँ राजश्व संकलन भएको छ । भूमि विभागका अनुसार साउनमा ९५ हजार ९८१, भदौमा ६१ हजार ३३२, असोजमा ७२ हजार ९५८, कात्तिकमा ७३ हजार ६८ कित्ताकाट भएका छन् ।

यस्तै, मंसिरमा १ लाख एक हजार ७४१, पुसमा एक लाख १५ हजार १३४, माघमा एक लाख १४ हजार २०६, फागुनमा एक लाख १२ हजार ३६२ र चैतमा एक लाख २२ हजार ६५८ कित्तकाट भएको विभागको तथ्यांक छ ।

मोरङ, झापा र सुनसरी कित्ताकाटमा अगाडि

जग्गाको कित्ताकाटमा पनि पूर्वी नेपालका मोरङ, झापा र सुनसरी नै अग्रस्थानमा देखिएका छन् । चैतमा मोरङको बेलवारी क्षेत्रमा चार हजार ७२, झापाको भद्रपुरमा ३ हजार ९ सय ९०, सुनसरीको इनरुवामा तीन हजार ४ सय ८३, कैलालीको धनगढीमा तीन हजार ४ सय ६, धनुषामा ३३ सय कित्ताकाट भएका छन् ।

यस्तै, सर्लाहीको मलंगवामा तीन हजार १ सय ५७, पर्सामा दुई हजार ५ सय ७८, ललितपुरमा दुई हजार ५ सय ७७, सप्तरीको राजविराजमा दुई हजार ५ सय ६१, भक्तपुरमा दुई हजार ४ सय ९४ कित्ताकाट भएका छन् ।

काभ्रेमा दुई हजार ४ सय ४०, कलंकी क्षेत्रमा दुई हजार ३८५, सिराहामा दुई हजार २९०, बाँकेको नेपालगञ्जमा दुई हजार २ सय ४, चितवनको भरतपुरमा दुई हजार ८२, बाराको कलैयामा दुई हजार ६९, सुर्खेतमा दुई हजार ४९ कित्ताकाट भएका छन् ।

कित्ताकाटमा पनि जुम्लाको सिंजा, मुस्ताङ र मनाङ मालपोत कार्यालय नै सबैभन्दा पुछारमा छन् । चैतमा जुम्लाको सिंजा नराकोट, मुस्ताङ र मनाङमा चाररचार कित्ताकाट भएको विभागले जनाएको छ ।

खोटाङमा आठ, मुगुमा ३८, हुम्लामा ४७, ललितपुर गोटीखेलमा ५२, संक्रान्ति बजारमा ६०, जोगबुढामा ६२, इलामको मंगलबारेमा ७५, खिजीफलाटेमा ९७, सिर्दिवासमा ११८ कित्ताकाट भएको विभागको तथ्यांक छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime