Skip to content

भद्रपुर राजस्व कार्यालयले ९ महिनामा २ अर्ब ३५ करोड राजस्व संकलन

nabil bank

भद्रपुर । आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्ष २०८१/८२ को नौ महिनामा दुई अर्ब ३५ करोड १४ लाख ४४ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । उक्त रकम गत आव २०८०/८१ को सोही अवधिको तुलनामा आठ दशमलव २६ प्रतिशतले बढी हो ।

कार्यालयको तथ्याङ्कअनुसार गत आव २०८०र८१ को (साउन–चैत) महिनामा दुई अर्ब १७ करोड १९ लाख तीन हजार रुपैयाँ राजस्व सङ्कलन भएको सूचना अधिकारी एवं कर अधिकृत डोरराज सुनुवारले जानकारी दिए । चालु आव २०८१/८२ मा रु चार अर्ब ६१ लाख राजस्व सङ्कलन गर्ने लक्ष्य रहेको उनले बताए ।

गत आवको भन्दा राजस्व संकलन बढेको भए पनि चालु आवको नौ महिनाको लक्ष्यको ८१ दशमलव ४५ प्रतिशत मात्र राजस्व संकलन भएको कर अधिकृत सुनुवारले बताए । कार्यालयले नौ महिनामा आयकरबाट एक अर्ब सात करोड ९४ लाख ९४ हजार रुपैयाँ, ब्याजबापत सात करोड १९ लाख ९४ हजार रुपैयाँ, मूल्य अभिवृद्धि करबापत ७६ करोड ७१ लाख नौ हजार रुपैयाँ, अन्तःशुल्कबापत ३९ करोड ९७ लाख ६७ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।

यसैगरी आयकर र मूल्य अभिवृद्धि कर नतिर्ने विभिन्न ११ वटा फर्म तथा कम्पनीहरूलाई कारबाही गरी एक करोड ७५ लाख रुपैयाँ असुल गरिएको कर अधिकृत सुनुवारले जानकारी दिए। ‘कार्यालयले राजस्व संकलनको लक्ष्य हासिल गर्न निरन्तर बजार अनुगमन र निगरानी गरिरहेको छ । यसका साथै कर बक्यौता राख्ने करदाताको बैंक खाता रोक्का गर्ने, जग्गा रोक्का गर्नेलगायत कानुनी कारबाही पनि गरिएको छ’, उनले भने ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime