काठमाडौं । काठमाडौं महानगरपालिकाको नगर प्रहरी बलले च्यासल पुलदेखि बालकुमारी पुल क्षेत्रसम्मको कवाडी संकलन केन्द्र हटाएको छ ।
महानगर प्रहरी बलका प्रहरी उपरीक्षक दिनेश अर्यालका अनुसार आवास क्षेत्रमा रहेका कवाडी संकलन केन्द्र आज हटाइएको हो । ‘पटक–पटक सूचना दिँदा पनि अटेर गरेपछि आज डोजर चलाइएको हो,’ उनले भने ।
त्यसका लागि महानगरपालिकाले डोजरसहित दर्जनौं नगर प्रहरी बल परिचालन गरेको छ । डोजर लगाएर भत्काएको विरोधमा कवाडी संकलन केन्द्रका दुई मजदुरहरुले ढुंगामुढासमेत गरेका छन् । डोजरमा ढुङ्गा मुडा गर्ने दुई जनालाई नियन्त्रणमा लिइएको छ ।
प्रतिक्रिया दिनुहोस्