Skip to content

नेपालको तथ्यांकसम्बन्धी पुस्तक ‘फ्याक्ट्स अफ नेपाल २०२५’ सार्वजनिक

nabil bank

काठमाडौं । फ्याक्ट्स रिसर्च एण्ड एनलाइटिक्स (फ्याक्ट्स नेपाल) ले नेपालका विभिन्न क्षेत्रहरूको जानकारी र तथ्यांक संकलन गरी तयार पारेको १० औं संस्करणको वार्षिक पुस्तक ‘फ्याक्ट्स अफ नेपाल २०२५’ सार्वजनिक गरेको छ। नेपालको प्रमुख क्षेत्रहरु तथा प्रवृतिको गहिरो अध्ययन र विश्लेषण गरी संकलन गरिएको तथ्यांकहरुको यस संग्रहले पाठकहरुलाई विभिन्न क्षेत्रगत बिषयहरुमा गहिरो अन्तर्दृष्टि प्रदान गर्नेछ ।

डेटा र इन्फोग्राफिक केन्द्रित यस पुस्तकमा क्षेत्रगत तथ्यांकको अन्तर्दृष्टि र विश्लेषण समावेश गरिएको छ। पुस्तकमा नेपाल प्रोफाइल, प्रादेशिक प्रोफाइल, समष्टिगत आर्थिक परिदृश्य, प्रमुख आर्थिक क्षेत्रहरु, पूर्वाधार र संचार, सामाजिक आयामहरु, सार्वजनिक सुरक्षा, लगायतका ८ खण्डहरु तथा ६४ उपखण्ड समेटिएका छन्।

यस संस्करणको पुस्तकमा नेपाल प्रोफाइल र प्रादेशिक प्रोफाइल खण्ड तथा वि।स २०७२ सालको भूकम्प र कोभिड–१९ माहामारी पछि विभिन्न क्षेत्रमा परेको प्रभावलाई छुट्टै खण्डमा विभिन्न क्षेत्रगत तथ्यांकबाट चित्रित गरिएको छ।

स्वतन्त्र निजी अनुसन्धानमूलक कम्पनीको रूपमा रहेको फ्याक्ट्स रिसर्च एण्ड एनलाइटिक्स (फ्याक्ट्स नेपाल) ले अनुसन्धान र विश्लेषणात्मक परियोजनाहरू सञ्चालन गर्नुको साथै आफ्नो स्थापनाकाल (२०१२) देखि नै सामाजिक सञ्जाल र छापा माध्यममार्फत् आम जनताका लागि दैनिक, साप्ताहिक र मासिक रूपमा सूचनामूलक तथ्यांकीय चित्रहरू प्रस्तुत गरिरहेको छ।

यस संस्थाले नेपालको अनुसन्धान क्षेत्र तथा संस्कृतिमा उल्लेखनीय भूमिका निर्वाह गरेको छ। यस संस्थाले विभिन्न छलफल र इन्फोग्राफिक्समार्फत् राष्ट्रिय टेलिभिजन, समाचारपत्र, जर्नल, र अनलाइन समाचार पोर्टल जस्ता विभिन्न मिडिया आउटलेटहरूसँग सहकार्य गरी तथ्यांक र तथ्यहरू सार्वजनिक गर्ने गर्दछ।

पुस्तकको मूल्य ५०० रुपैयाँ तोकिएको छ। पाठकहरुका लागि ‘फ्याक्ट्स अफ नेपाल २०२५’ पुस्तक thuprai.com मा खरिदका लागि उपलब्ध हुनेछ भने पुस्तकको वितरण साझेदार कथालय रहेकोछ। प्रक्षेपण सम्झौताको रूपमा, यसमा निश्चित समयको लागि ३० प्रतिशत छुट पनि उपलब्ध छ। अब पुस्तकको प्रतिलिपि खरिद गरी अहिल्यै नै प्राप्त गर्नुहोस्।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime