काठमाडौं । शांग्रिला अर्फनेज होमले शनिबार रजत महोत्वस मनाएको छ । संस्थाले स्थापनाको २५ वर्ष पुरा गरेको अवसरमा रजत महोत्वस मनाएको हो । बालबालिकाका क्षेत्रमा २५ वर्ष पहिला स्थापना भएको थियो । अशाय बालबालिकाका क्षेत्रमा यो संस्थाले विभिन्न कार्यक्रम गर्दै आएको छ । कोभिड पछिको समयमा स्वास्थ्य क्षेत्रमा पनि संस्थाले कामहरु गर्दै आएको छ ।
सबैको लगानशीलताले उपलब्धी हासिल गर्न सकिएको होमका अध्यक्ष यमुना मरासिनीले जानकारी दिइन् । शांग्रिला हर्फनेज होमलाई यो अवस्थासम्म पुर्याउनका लागि सहयोग गर्ने सबैलाई उनले धन्यवाद ज्ञापन गरिन् । सबैको प्रेरणाले संस्थाले एउटा उचाइ हासिल गरेको अध्यक्ष मरासिनीको भनाइ थियो ।
‘सबैको कडा मेहनतले सफलता मिलेको छ । त्यसैले सबैलाई ध्यन्यवाद दिन चाहान्छु,’ उलने भनिन् । त्यस्तै शांग्रिला रजत महोत्सव विशेषशांक शांग्रिला दर्पणको पनि लोकार्पण गरिएको छ । ललितपुर क्षेत्र नम्बर १ का सांसद तथा पूर्व अर्थ राज्य मन्त्री उदयशमशेर राणाले उक्त दर्पण विमोचन गरेका थिए ।
त्यस्तै संस्थाका सचिव दधिवल थापाले बालबालिकाको क्षमता अभिवृद्धिमा काम गर्ने गरिएको जानकारी दिए । २०५५ सालमा स्थापना भएको यो संस्थाको अहिले आफ्नै घर भएको र त्यहाँबाट सेवा दिइरको बताए ।
प्रतिक्रिया दिनुहोस्