Skip to content

शांग्रिला अर्फनेज होमको रजत महोत्सव सम्पन्न

काठमाडौं । शांग्रिला अर्फनेज होमले रजत महोत्सव मनाएको छ । असाहाय बालबालिकाको क्षेत्रमा काम गर्दै आएको संस्थाले शनिबार एक कार्यक्रमको आयोजना गरेर आफ्नो रजत महोत्सव मनाएको हो ।

आजभन्दा २५ वर्ष पहिले स्थापना भएको संस्थाले विपन्न र असाहाय बालबालिकाको क्षेत्रमा निरन्तर रुपमा काम गरिरहेको छ । वि.स २०५५ सालमा स्थापना भएको संस्थाले अहिले शिक्षा, स्वास्थय लगायत क्षेत्रमा काम गर्दै आएको छ । शनिबार सम्पन्न रजत महोत्सवको ललितपुर क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य तथा पूर्व अर्थ राज्यमन्त्री उदय शमशेर राणाले उद्घाटन गरेका थिए ।

Hyundai

उक्त कार्यक्रममा बोल्दै सांसद राणाले बालबालिकाको क्षेत्रमा संस्थाले गरेको कम निकै प्रशसनीय रहेको बताए । बालबालिकालाई शिक्षाको उज्याले प्रदान गर्ने काम आफैमा पुण्यको काम भएको भन्दै उनले यस्ता कामलाई अझै निरन्तर रुपमा अघि बढाउन आग्रह गरे । ‘बालबालिकालाई शिक्षाको ज्याति फैलाउने काम भनेको आफैमा पुण्यको काम हो । गुणस्तरीय शिक्षा दिने काम गर्नु भएको छ । ललितपुरमा मात्रै नभएर अन्य क्षेत्रमा पनि काम गर्नु भएको छ । त्यसका लागि आभार व्यक्त गर्दछु,’ उनले भने ।

कार्यक्रममा गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनले टुहुरा बालबालिकाको अभिभावक बन्ने काम गरेको भन्दै यस्तो कामलाई निरन्तर्ता दिन आग्रह गरे । बालबालिकालाई छोराछोरीको जस्तो व्यवहार गरेर शिक्षा दिएको भन्दै स्थानीय सरकारले गर्नु पर्ने काम गर्न तयार रहेको बताए । त्यस्तै संस्थाका संस्थाप अध्यक्ष निता शाहीले यो क्षेत्रमा सबैको सहयोगले २५ वर्ष पुरा गर्न सफल भएको भन्दै सबैको साथ र सहयोगप्रति आभार व्यक्त गरिन् । कोही पनि बालबालिका शिक्षाबाट बन्चित हुन नपरोस भनेर संस्था स्थापन गरेर काम गरिएको उनको भनाइ थियो ।

सबैको लगानशीलताले उपलब्धी हासिल गर्न सकिएको होमका अध्यक्ष यमुना मरासिनीले जानकारी दिइन् । शांग्रिला हर्फनेज होमलाई यो अवस्थासम्म पुर्‍याउनका लागि सहयोग गर्ने सबैलाई उनले धन्यवाद ज्ञापन गरिन् । सबैको प्रेरणाले संस्थाले एउटा उचाइ हासिल गरेको अध्यक्ष मरासिनीको भनाइ थियो । त्यस्तै संस्थाका सचिव दधिवल थापाले बालबालिकाको क्षमता अभिवृद्धिमा काम गर्ने गरिएको जानकारी दिए । २०५५ सालमा स्थापना भएको यो संस्थाको अहिले आफ्नै घर भएको र त्यहाँबाट सेवा दिइरको बताए ।


यो अवसरमा शांग्रिला रजत महोत्सव विशेषांक शांग्रिला दर्पणको पनि लोकार्पण गरिएको थियो ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्