Skip to content

सानिमा बैंकको नाफा १४ प्रतिशतले बढ्यो, लाभांश क्षमता कति ?

काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिसम्ममा सानिमा बैंक लिमिटेडको नाफा १४ प्रतिशतले बढेको छ । बैंकले आज सार्वजनिक गरेको चालू आर्थिक वर्षको तेस्रो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार गत आवको सोही अवधिको भन्दा १४.८० प्रतिशतले नाफा बढेको हो ।

चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा बैंकले १ अर्ब ६५ करोड २४ लाख रुपैयाँ नाफा कमाएको छ । बैंकको यस्तो नाफा गत आवको सोही अवधिसम्ममा १ अर्ब ४९ करोड ९४ लाख रुपैयाँ रहेको थियो । त्यस्तै यस वर्ष बैंकको सञ्चालन नाफा २ अर्ब ६ करोड ३२ लाख रुपैयाँबाट बढेर २ अर्ब २५ करोड १३ लाख रुपैयाँ पुग्दा कुल सञ्चालन नाफा पनि सामान्य बढेर ६ अर्ब रुपैयाँ नाघेको छ। यद्यपि बैंकको खुद ब्याज आम्दानी भने साढे ६ प्रतिशतले घटेर ४ अर्ब २८ करोड रुपैयाँमा झरेको छ ।

Hyundai

बैंकको चुक्ता पुँजी १३ अर्ब ५८ करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा २ अर्ब १९ करोड रुपैयाँ र रिजर्भ कोषमा ६ अर्ब १२ करोड रुपैयाँ रहेको छ । नाफा बढेसँगै बैंकको प्रतिशेयर आम्दानी पनि १४ रुपैयाँ २७ पैसाबाट बढेर १६ रुपैयाँ ३३ पैसा पुगेको छ भने प्रतिसेयर नेटवर्थ १६१ रुपैयाँ ३२ पैसा, बैंकको वितरणयोग्य नाफा (लाभांश क्षमता) २ अर्ब १९ करोड रुपैयाँ रहेको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्