Skip to content
Prabhu

अचानक अमेरिकी बन्ड बजारमा किन भयो आकर्षण ?

nabil
एजेन्सी । विश्वभरका शेयर बजार केही समय अघिको उथलपुथलपछि हाल स्थिर जस्तै देखिएका छन् । जुन उथलपुथल अमेरिकाले लगाएको व्यापार शुल्क (टारिफ) बाट सुरु भएको थियो । तर लगानीकर्ता अझै पनि अमेरिकी बन्ड बजार, जुन सामान्यतया धेरै हल्ला नहुने क्षेत्र हो त्यसैलाई निकै नजिकबाट हेरिरहेका छन् ।
global
अर्घाखाँची सिमेन्ट
सरकारले खर्चका लागि पैसा उठाउन बन्ड (अर्थात ऋणपत्र) बिक्री गर्छ, र यसको बदलामा ब्याज तिर्छ । हालै, दुर्लभ रूपमा, अमेरिकी सरकारले आफ्ना बन्डमा तिर्नुपर्ने ब्याज दर तीव्र रूपमा बढेको छ, भने बन्डको मूल्य घटेको छ ।
जब कुनै सरकारलाई ऋण चाहिन्छ, उसले प्रायः बन्ड बिक्री गरेर पैसा उठाउँछ,  अमेरिकामा यसलाई  ट्रेजरिज भनिन्छ । बन्ड किन्नेलाई पूर्व–निर्धारित वर्षसम्म निश्चित समयको अन्तरालमा ब्याज तिर्ने गरिन्छ, र अन्त्यमा बन्ड पाक्दासम्म मूलधन फिर्ता दिइन्छ । अमेरिकी लगानीकर्ताले बन्डलाई सुरक्षित लगानीको माध्यमका रूपमा हेर्छन् । विशेष गरी अमेरिका जस्तो शक्तिशाली मुलुकले ऋण फिर्ता नदिने जोखिम निकै कम हुन्छ । यसकारण जब बजार अस्थिर हुन्छ, लगानीकर्ताहरूले शेयर बेचेर पैसा बन्डमा राख्ने गर्छन् । तर हाल भने त्यो नभएको देखिएको छ । तर अप्रिल २ मा लिबरेसन डेमा टारिफ घोषणापछि जब शेयर बजार घट्यो, त्यतिबेला लगानीकर्ताले अमेरिकी बन्डतर्फ फर्किएका थिए ।
तर जब ५ अप्रिलमा ती टारिफहरू लागू भए र ट्रम्पले त्यसलाई दोहो¥याए, लगानीकर्ताहरूले सरकारको बन्ड बेच्न थाले, जसका कारण ब्याज दर तीव्र रूपमा बढ्यो । १० वर्षे अमेरिकी बन्डको यिल्ड ३.९ प्रतिशतबाट ४.५ प्रतिशत पुग्यो, भने ३० वर्षे बन्डको यिल्ड लगभग ५ प्रतिशतसम्म पुगेको थियो । ०.२ प्रतिशत को उतारचढाव पनि ठूलो मानिन्छ ।
ट्यारिफले अर्थतन्त्रमा पार्ने प्रभावबारे अनिश्चितता बढ्दा, लगानीकर्ताले बन्डलाई सुरक्षित ठान्न छाडे र धेरै ब्याज माग गर्न थाले । जोखिम जतिसुकै उच्च हुन्छ, लगानीकर्ताले पनि त्यति नै प्रतिफल माग्छन् ।
यदि सरकारले ऋणमा धेरै ब्याज तिर्नुप¥यो भने, बजेटमा असर पर्छ, र सरकारी खर्चमा कटौती हुन सक्छ । त्यसका अतिरिक्त, यसले आम मानिस र व्यवसायहरूमा प्रत्यक्ष असर पार्न सक्छ ।
अक्सफोर्ड इकोनोमिक्सका वरिष्ठ विश्लेषक जोन क्यानाभन भन्छन् — जब सरकारले ऋण लिन महँगो हुन्छ, अन्य ऋणहरू जस्तै घर कर्जा, क्रेडिट कार्ड, कारका लागि कर्जा आदि पनि महँगो हुन्छन् । विशेष गरी साना व्यवसायहरूमा यसको तत्काल असर पर्न सक्छ, किनकि धेरै अमेरिकी नागरिकसँग १५–३० वर्षका स्थायी ब्याज दरका कर्जा हुन्छन् । यदि साना व्यवसायहरूले ऋण पाउन सकेनन् भने, आर्थिक वृद्धि थाल्न नसक्ने र रोजगार घट्ने सम्भावना हुन्छ ।
Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal