Skip to content

गौतम अडानीले अष्ट्रेलियाको बन्दरगाह सञ्चालन कम्पनी आफ्नै कम्पनीलाई बिक्री गर्दै

nabil bank

एजेन्सी । भारतीय अर्बपति गौतम अडानीले अष्ट्रेलियाको एक टर्मिनल अपरेसनको स्वामित्व आफ्नो सूचीकृत कम्पनी अडानी पोट्र्स एण्ड स्पेशल इकोनोमिक जोनमा सार्ने भएका छन् । यो सम्झौता ४ अर्ब अष्ट्रेलियन डलर बराबरको मूल्यमा गरिएको हो । यसबाट भारतीय बन्दरगाह कम्पनीले आफ्नो विश्वव्यापी उपस्थितिलाई विस्तार गरिरहेको छ ।

अडानी पोट्र्सले बिहीबार साँझ जारी गरेको विज्ञप्तिमा यसको सञ्चालक समितिले एबट पोइन्ट पोर्ट होल्डिङ्सको अधिग्रहण स्वीकृत गरेको छ । यो कम्पनी अडानी इन्टरप्राइजेजको इकाई हो, जसले नर्थ क्विन्सल्यान्ड एक्सपोर्ट टर्मिनल सञ्चालन गरिरहेको छ । यो कारोबार नगदमा हुने छैन । अर्थात् अडानी पोट्र्सका १४३.८ मिलियन सेयर एबट प्वाइन्ट जारी गरेर गरिनेछ । एबट प्वाइन्ट अडानी इन्टरप्राइजेजअन्तर्गत गौतम अडानीको नियन्त्रणमा रहेको कम्पनी हो ।

अडानी पोट्र्स भारतको सबैभन्दा ठूलो एकीकृत पोर्ट तथा ढुवानी सेवा प्रदायक हो, जसले भारतभर १३ वटा बन्दरगाह सञ्चालन गर्छ । हालका वर्षहरूमा कम्पनीले विदेशमा पनि आफ्नो विस्तार गरिरहेको छ र अहिले इजरायल, श्रीलंका र तान्जानियामा पनि यसको सञ्चालन छ ।

अडानी पोट्र्सको पछिल्लो अधिग्रहण अष्ट्रेलियाको क्वीन्सल्यान्ड राज्यको पूर्वी किनारमा पर्ने पोर्ट अफ एबट प्वाइन्टभित्र रहेको गहिरो पानीको कोइला टर्मिनल हो । जसले वार्षिक ५० मिलियन टन कोइलाको कारोबार गर्छ । यो संरचना क्वीन्सल्यान्ड सरकारको स्वामित्वमा रहेको भए पनि एनक्यूएक्सटीले ९९ वर्षे लिजमा सन् २११० सम्म सञ्चालन गर्ने अनुमति पाएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime