Skip to content

चीनका लागि बनाइएका बोइङ विमान खरिद गर्न एयर इन्डिया इच्छुक

nabil bank
एजेन्सी । भारतको टाटा समूहको स्वामित्वमा रहेको एयर इन्डिया कम्पनी बोइङ कम्पनीका ती विमानहरू प्राप्त गर्ने योजनामा लागेको छ, जुन सुरुमा चिनियाँ एयरलाइन्सका लागि निर्माण गरिएका थिए । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनको भन्सार नीतिका कारण अमेरिका र चीनबीच चुलिँदै गएको व्यापार तनावको फाइदा लिन खोज्दै एयर इन्डियाले यस्तो तयारी थालेको हो ।
ब्लूमबर्गको रिपोर्टअनुसार एयर इन्डिया आफ्नो रूपान्तरण अभियानलाई तीव्रता दिन थप विमान आवश्यक परेको बताउँदै बोइङ कम्पनीसँग सम्पर्क गर्ने तयारीमा जनाइएको । ती विमानहरू चिनियाँ एयरलाइन्सका लागि बनाइए पनि व्यापारसम्बन्धी विवादका कारण अझै डेलिभर हुन सकेका छैनन् ।
एयर इन्डियाले यसअघि पनि चिनियाँ एयरलाइन्सका लागि बनाइएका ४१ वटा बोइङ ७३७ म्याक्स विमान खरिद गरिसकेको छ । जुन मोडल सन् २०१९ मा ग्राउन्ड भएपछि चिनियाँ एयरलाइन्सलाई डेलिभर हुन सकेको थिएन ।
बर्नामाको रिपोर्टअनुसार, मलेशिया एभिएसन ग्रुप बिएचडीले पनि बोइङसँग चिनियाँ एयरलाइन्सका लागि छुट्याइएका डेलिभरी स्लटबारे छलफल गरिरहेको छ ।
6
ब्लूमबर्गका अनुसार, चीन सरकारले आफ्ना एयरलाइन्सलाई अमेरिकी कम्पनी बोइङबाट विमान नलिन निर्देशन दिँदै १२५ प्रतिशतसम्मको भन्सार शुल्क लागू गरेको छ । यसैबीच करिब १० वटा बोइङ विमान डेलिभरीको तयारीमा थिए भने केही ७३७ म्याक्स विमानहरू फिर्ता अमेरिका लगिएका छन् ।
विमान उद्योग विशेषज्ञहरूका अनुसार, भारतका एयरलाइन्स—एयर इन्डिया एक्सप्रेस र अकासाले पनि यस्ता ह्वाइट टेल्स विमानहरू लिने सम्भावना छ । ह्वाइट टेल्स भन्नाले खास ग्राहकका लागि निर्माण गरिएका तर डेलिभर नभएका र अन्यद्वारा प्राप्त गरिएका विमानहरू जनाइन्छ ।
विमान डेलिभरी ढिलाइले भारतको नयाँ एयरलाइन्स अकासालाई गम्भीर असर परेको छ । कम्पनीसँग हाल आवश्यकता भन्दा बढी पाइलट छन् ।
विशेषज्ञहरूका अनुसार टाटा समूहको एयर इन्डिया एक्सप्रेस र अकासासँग आर्थिक स्रोत प्रशस्त रहेकाले उनीहरू यस्ता विमान तुरुन्तै प्राप्त गर्न सक्षम पनि छन् । यसले भारतको एभिएसन क्षेत्रमा बोइङको डेलिभरी संकटबीच अवसरको ढोका खोल्ने अपेक्षा गरिएको छ ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime