Skip to content

दुई लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

nabil bank

काठमाडौं । बुधबार दुई लघुवित्तको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । आज स्वरोजगार र स्वाभिमान लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको हो ।

यी दुई लघुवित्तले भोलि वैशाख ११ गते बुक क्लोज गर्ने भएकाले लाभांश लिन चाहनेलाई सम्बन्धित कम्पनीको सेयर खरीद गर्ने आज अन्तिम दिन रहेको छ । स्वरोजगार लघुवित्तले आफ्नो चुक्ता पुँजीबाट १३.५० प्रतिशत बोनस सेयर र ०.७१ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ । कम्पनीले प्रस्ताव स्वीकृत गर्न वैशाख २९ गते साधारणसभा बोलाएको छ ।

यता स्वाभिमान लघुवित्तले चुक्ता पुँजीबाट ५ प्रतिशत बोनस सेयर सहित ०.२६३२ प्रतिशत नगद लाभांश वितरणको निर्णय गरेको छ । उक्त निर्णय पारितका लागि वैशाख १९ गते रुपन्देहीमा रहेको कम्पनी स्वयंको केन्द्रीय कार्यालयमा बिहान ११ बजे साधारणसभा बोलाएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime