काठमाडौं । नेपालमा निसान गाडीको आधिकारिक वितरक पायोनियर मोटो कर्पले निसानको ‘ह्याप्पि विद निसान’ सर्भिस अभियानलाई नेपालमा पनि निरन्तरता दिँदै निसानका गाडीहरूको लागि ३ दिने ‘प्रि–मनसुन नेसनवाइड सर्भिस क्याम्प’ सुरू गरेको छ ।
नजिकिँदै गरेको वर्षा ऋतु तथा मनसुनको अवसरमा यो विशेष सर्भिस क्याम्प ल्याइएको कम्पनीको भनाइ छ । यो क्याम्प आज वैशाख १० गतेदिख सुरु भएर ११ र १२ गतेसम्म देशव्यापी रूपमा सञ्चालन हुनेछ ।
यो सर्भिस क्याम्प काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, हेटौँडा, पोखरा, इटहरी, बुटवल, दाङ, नेपालगञ्ज, धनगढी, विर्तामोड, वीरगञ्ज, सुर्खेत गरी निसानको देशभरका १६ वटा विभिन्न चेकपोइन्टहरूमा एकैसाथ सञ्चालन भइरहेको कम्पनीको भनाइ छ ।
‘प्रि–मनसुन नेसनवाइड सर्भिस क्याम्प’ अन्तर्गत ग्राहकहरूले निसान गाडीको चेक–अप तथा सर्भिसिङ गर्दा ७ आकर्षक लाभ तथा सुविधाहरू लिन सक्नेछन् ।
यी सुविधाहरू अन्तर्गत ग्राहकहरूले ‘टप वास’ निःशुल्क प्राप्त गर्नेछन् भने जुनै सेवा लिँदा पनि कुनै ‘लेबर चार्ज’ तिर्नुपर्ने छैन । त्यस्तै ‘सस्पेन्सन, क्लच’जस्ता पार्टपूर्जा तथा निसानको ब्रान्डेड एक्सेसरिजहरूमा २० प्रतिशत छुट प्राप्त गर्ने छन्, अनि १५ प्रतिशत छुट मा ‘बडि सप जब्स’ सुविधा लिन सक्नेछन् । त्यसैगरी ल्युब्रिकेन्ट, ‘फिल्टर पाट्र्स’, र ‘ब्रेकप्याड तथा सु’मा १० प्रतिशत छुटबाट लाभान्वित हुन सक्नेछन् ।
यो योजना, ग्राहकका निसान गाडीहरूको विशेष छुटका साथ चेक–अप तथा सर्भिसिङ गर्ने भव्य अवसर भएको कम्पनीको भनाइ छ ।






प्रतिक्रिया दिनुहोस्