काठमाडौं । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले आउँदो जेठ ५ गतेका लागि साधारणसभाको मिति घोषणा गरेको छ । कम्पनीले १८ औँ साधारणसभा धुलिखेलको होटल सारथीमा बिहान ११ बजे बस्ने गरी बनाएको हो ।
गत वर्ष सेयरधनीहरूलाई लाभांश नदिएको यस कम्पनीले यस वर्ष पनि लाभांश नबाड्ने निर्णय गरिसकेको छ । सभाले गत आवको वित्तीय विवरणहरू पारित गरी चालु आवको लागि लेखापरीक्षक नियुक्त गर्नेछ । त्यस्तै संस्थापक र सर्वसाधारण समूहबाट ३/३ जना गरी ६ जना सञ्चालकको निर्वाचन गर्ने र कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सभाले पारित गर्नेछ ।
कम्पनीले सभा प्रयोजनार्थ वैशाख २१ गते बुक क्लोज गर्ने भएकाले २० गतेसम्म कायम सेयरधनीहरू मात्र उक्त सभामा उपस्थित हुन सक्नेछन् ।






प्रतिक्रिया दिनुहोस्