काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । अघिल्लो दिन बढेर हालसम्मकै उच्च मूल्यको रेकर्ड बनाएको सुनको मूल्य आज तोलामा ७ हजार ५०० रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा १ लाख ९० हजार ४०० रुपैयाँमा कारोबार भएको छ । अघिल्लो दिन सुन तोलाको १ लाख ९७ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा ५ रुपैयाँले घटेर १ हजार ९६५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदी तोलाको १ हजार ९७० रुपैयाँमा कारोबार भएको थियो ।






प्रतिक्रिया दिनुहोस्