काठमाडौं । बुधबार सेयर बजारमा राताम्य भएर बन्द भएको छ । अघिल्लो दिन एकल अंकले घटेको सेयर बजार आज दोहोरो अंकले घटेर बन्द भएको हो ।
आज सेयर बजार परिसूचक ३२ दशमलव ३८ अंकले घटेर २६५५ दशमलव ९४ विन्दुमा पुगेको हो । यो अघिल्लो दिनको भन्दा १.२० प्रतिशतले कम हो । आज सेयर बजारमा कारोबार भएका कम्पनीमध्ये २८ कम्पनीको सेयर मूल्य बढेको छ भने २१७ कम्पनीको सेयर मूल्य घटेको छ । आज एक कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ ।
त्यस्तै आज ‘क’ वर्गका कम्पनी मापक सेन्सेटिभ इन्डेक्स पनि ५ दशमलव ८६ अंकले घटेर ४४६ दशमलव ०३ विन्दुमा पुगेको छ । आज सेयर बजारमा १३ उपसूचकमध्ये ११ वटाको सेयर मूल्य घटेको छ भने २ वटाको मात्रै सेयर मूल्य बढेको छ ।
परिसूचकसँगै आज कारोबार रकम पनि गिरावट आएको छ । अघिल्लो दिन ८ अर्बभन्दा माथिको कारोबार भएको बजारमा आज साढे ७ अर्ब माथिको कारोबार भएको छ ।
आज सेयर बजारमा ३०८ कम्पनीका १ करोड ८४ लाख ७७ हजार ७०३ कित्ता सेयर ६४ हजार १४० पटक खरिद बिक्री हुँदा ७ अर्ब ५७ करोड ५५ लाख १७ हजार २४६ रुपैयाँ बराबरको कारोबार भएको छ । आज सेयर बजारमा दुई कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
प्रतिक्रिया दिनुहोस्