Skip to content

सेयर बजार सामान्य बढेको दिन दुई माइक्रो इन्स्योरेन्सको सेयर मूल्यमा सकारात्मक सर्किट

nabil bank

काठमाडौं । बिहीबारको सेयर कारोबार बन्द हुँदा दुईवटा माइक्रो इन्स्योरेन्सको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आज नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी र क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो ।

आजको कारोबार बन्द हुँदा नेपाल माइक्रोको सेयर मुल्य ८६ रुपैयाँ १० पैसाले बढेर ९४७ रुपैयाँ ८० पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा ९.९९ प्रतिशतले धेरै हो। त्यस्तै आज क्रेस्ट माइक्रो लाइफको सेयर मूल्य ७१ रुपैयाँ २० पैसाले बढेर ७८३ रुपैयाँ ६० पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा ९.९९ प्रतिशतले धेरै हो ।

त्यस्तै आज धेरै मूल्य बढ्ने शीर्ष पाँच कम्पनीमा ङादी ग्रुप पावर, विन नेपाल लघुवित्त र युनिभर्सल पावर कपनी रहेको छ । आज ङादी ग्रुपको सेयर मूल्य २३ रुपैयाँ ९४ पैसाले बढेर ३४० रुपैयाँ पुगेको छ । यो अघिल्लो दिनको भन्दा ७.५६ प्रतिशतले धेरै हो ।

त्यस्तै आज विन नेपाल लघुवित्तको सेयर मूल्य २०७ रुपैयाँ ७९ पैसाले बढेर ३ हजार ५७ रुपैयाँ ८१ पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा ७.१९ प्रतिशतले धेरै हो । आज युनिभर्सल पावर कम्पनीको सेयर मूल्य ७.२० प्रतिशत अर्थात् २३ रुपैयाँ ९८ पैसाले बढेर ३५७ रुपैयाँ ०५ पैसा पुगेको छ ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime