काठमाडौं । पियोर इनर्जी लिमिटेडले सर्वसाधारणलाई निष्कासन गरेको ११ लाख ९५ हजार २०० कित्ता आईपीओ आज बिहीबार बाँडफाँट गरेको छ।
पियोर इनर्जीले चैत २८ गतेदेखि वैशाख २ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँका दरमा ११ करोड ९५ लाख २० हजार रुपैयाँ बराबरको ११ लाख ९५ हजार २०० कित्ता सेयर सर्वसाधारणको लागि बिक्री खुला गरेको थियो ।
आईपीओ बिक्री अवधिभर रीतपूर्वक आवेदन दिएका १८ लाख ४६ हजार ६ सय ६४ मध्ये १ लाख १९ हजार ५ सय २० जनाले १० कित्ताका दरले सेयर पाएका छन् भने बाँकी १७ लाख २७ हजार १४४ जनाको हात रित्तो भएको छ ।
आईपीओको नजिता केही समयपछि अनलाइनमा प्रकाशन हुने बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्टले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्