Skip to content

मेरो माइक्रोफाइनान्स लघुवित्तको नाफा करिब १३ करोड नजिक

nabil bank

काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफा करिब १३ करोड नजिक पुगेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विरण अनुसार नाफा १२ करोड ९३ लाख रुपैयाँ पुगेको हो ।

कम्पनीले चालु आवका आर्जन गरेको नाफा गत आवको सोही अवधिको तुलनामा ४.४५ प्रतिशतले बढी हो । कम्पनीले गत आवको चैत मसान्तसम्म १२ करोड ३८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । कम्पनीको खराब कर्जा भने बढेको छ । कम्पनीको खराब कर्जा गत वर्ष ७.६१ प्रतिशत रहेकोमा चालु आवमा बढेर ९.४९ प्रतिशत पुगेको छ ।

समीक्षा अवधिमा कम्पनीको सञ्चालन नाफा १७ करोड ५८ लाख रुपैयाँबाट बढेर १८ करोड ४६ लाख रुपैयाँ पुगेको छ भने खुद ब्याज आम्दानी पनि ६० करोड ९२ लाख रुपैयाँबाट बढेर ७३ करोड ८२ लाख रुपैयाँ पुगेको छ । १ अर्ब ४१ करोड रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको रिजर्भ कोषमा ७६ करोड रुपैयाँ सञ्चिति छ भने वितरणयोग्य नाफा १ करोड ३४ लाख रुपैयाँ ऋणात्मक रहेको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी १२ रुपैयाँ ५१ पैसाबाट घटेर १२ रुपैयाँ १५ पैसामा झरेको छ भने प्रतिसेयर नेटवर्थ १५२ रुपैयाँ ९१ पैसा रहेको छ । कम्पनीले ८ अर्ब ५८ करोड रुपैयाँ सापटी लिएर १४ अर्ब ६८ करोड रुपैयाँ बढी कर्जा प्रवाह गरेको छ भने ३ अर्ब ७८ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime