Skip to content

२० वर्षपछि अछेते–भिमापोखरा सडक स्तरोन्नति

nabil bank

बागलुङ । अछेते–भिमापोखरा सडक एक करोड ५० लाख रुपैयाँ लागतमा स्तरोन्नति गरिएको छ । उक्त सडकको पाँच किलोमिटरमध्ये आठ स्थानमा ढलान गरिएको छभने केही स्थानमा पहिरो रोकथामका लागि सडक चौडा पारिएको छ ।

काठेखोला गाउँपालिकाका अध्यक्ष राजु थापाका अनुसार काठेखोला गाउँपालिकाको ५० लाख र भिमापोखरा वडा कार्यालयको २० लाख गरी ७० लाख रुपैयाँको लागतमा सडक स्तरोन्नति गरिएको हो ।

पूर्वाधार विकास कार्यालयबाट प्राप्त ८० लाख रुपैयाँ ढलान तथा पहिरो नियन्त्रणमा खर्च भएको छ । केही स्थानमा काम जारी छ । चार स्थानमा पहिरो नियन्त्रण गर्ने पूर्वाधार बनाइने छ ।

गाउँपालिकाले अछेते–भिमापोखरा सडकलाई कालोपत्र गर्न पर्याप्त बजेट विनियोजन नभएकाले केन्द्र सरकारसमक्ष अनुरोध गरिएको तथा विस्तृत परियोजना प्रतिवेदन पनि प्रस्तुत गरिएको अध्यक्ष थापाले राससलाई जानकारी दिए ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime