Skip to content

३६९ प्रतिशतले बढ्यो हिमालयन लघुवित्तको नाफा

nabil bank

काठमाडौं । हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफामा उल्लेख्य सुधार देखिएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार गत आवको सोही अवधिको भन्दा चालु आवको ९ महिनाको अवधिमा ३६९.३४ प्रतिशतले नाफा बढेको हो ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा लघुवित्तले ५ करोड ३४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यगत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले १ करोड १३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । खुद ब्याज आम्दानी बढेसँगै लघुवित्तको खुद नाफा पनि बढ्न पुगेको हो । समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ५३.०७ प्रतिशत बढेको छ भने खुद फि तथा कमिशन आम्दानी २१.७९ प्रतिशत बढेको छ । त्यस्तै, लघुवित्तको कुल सञ्चालन आम्दानी ४३.०५ प्रतिशत र सञ्चालन मुनाफा ३६९.७६ प्रतिशत बढेको छ । चैत मसान्तसम्ममा लघुवित्तको वितरणयोग्य मुनाफा १ करोड ११ लाख रुपैयाँ रहेको छ ।

नाफासँगै लघुवित्तको प्रतिसेयर आम्दानी पनि उल्लेख्य बढेको छ। समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी १७ रुपैयाँ ५५ पैसा बढेर २२ रुपैयाँ ३० पैसा पुगेको छ । चैत मसान्तसम्ममा लघुवित्तको वितरणयोग्य प्रतिसेयर आम्दानी ४ रुपैयाँ ६२ पैसा, मूल्य आम्दानी अनुपात ४३.०५ गुणा र प्रतिशेयर नेटवर्थ १२९ रुपैयाँ ४८ पैसा रहेको छ ।

३१ करोड ९८ लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस लघुवित्तको जगेडा कोषमा १८ करोड ९४ लाख रुपैयाँ सञ्चित छ । चैत मसान्तसम्ममा लघुवित्तले ४ अर्ब ४६ करोड ७१ लाख रुपैयाँ निक्षेप तथा सापटीबाट ४ अर्ब ८७ करोड १५ लाख रुपैयाँ कर्जा लगानी गरेको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime