काठमाडौं । दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले आवेदन दिने अन्मित दिन रहेको छ । ३ दिनका लागि पुनः खोलेको हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको हो ।
कम्पनीले फागुन १४ गतेसम्म कायम सेयरधनीहरूका लागि १ः१ को अनुपातमा गत चैत १९ देखि वैशाख ८ गतेसम्म १ करोड ५ लाख ४२ हजार ६०४ कित्ता हकप्रद निष्कासन गरेको थियो । तर कम्पनीका केही सेयरधनीहरूले आफ्नो हक बराबरको हकप्रद सेयरका लागि आवेदन दिन छुटेको गुनासो गरेपछि वैशाख १२ देखि १४ गतेसम्म ३ दिनका लागि पुनः निष्कासन गरेको हो ।
यसमा आज बैंकिङ्ग सयमसम्म मात्रै आवेदन दिन सकिने र त्यसपछि आवेदन लिने प्रक्रिया बन्द गर्ने कम्पनीले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस्