काठमाडौं । सेन्ट्रल फाइनान्स लिमिटेडले आफ्नो साधारणसभाको मिति घोषाणा गरेको छ । कम्पनीले जेठ ४ गतेका लागि २८ औँ वार्षिक साधारणसभा बोलाएको हो ।
कम्पनीको वैशाख १२ गते बसेको सञ्चालक समितिको बैठकले ललितपुरको कुपण्डोलस्थित कम्पनीकै केन्द्रीय कार्यालयमा बिहान १० बजे सभा बोलाएको हो । कम्पनीले आफ्ना सेयरधनीहरूलाई भने कुनै लाभांश वितरण नगर्ने निर्णय गरेको छ ।
सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गरी चालु आवको लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्नेछ । सभा प्रयोजनार्थ कम्पनीले वैशाख २२ गते बुक क्लोज गर्ने भएकाले वैशाख २१ गतेसम्म कायम सेयरधनीहरू मात्र सभामा उपस्थित हुन सक्ने छन् ।
प्रतिक्रिया दिनुहोस्