काठमाडौं । कामना सेवा विकास बैंकले साढे २ लाख भन्दा बढी कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकको २ लाख ६० हजार कित्ता संस्थापक सेयर बैंककै विद्यमान संस्थापक सेयरधनीहरूका लागि बिक्रीमा राखेको हो ।
उक्त सेयर खरीद गर्न इच्छुक संस्थापक सेयरधनीहरूले अबको ३५ दिनभित्र काठमाडौंको ज्ञानेश्वरस्थित बैंकको केन्द्रीय कार्यालयमा आफूले खरीद गर्न चाहेको सेयर विवरण खुलाई निवेदन दिनु पर्ने छ । तोकिएको म्यादभित्र संस्थापक सेयरधनीहरूबाट सेयर खरीदका लागि पर्याप्त आवेदन नपरेमा बाँकी सेयर सर्वसाधारणलाई बिक्री गर्न प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्