काठमाडौं । नेपाल राष्ट्र बैंक आज (आइतबार) आफ्नो ७० औँ वार्षिकोत्सव मनाउँदै छ । २०१३ साल वैशाख १४ गते स्थापना भएको राष्ट्र बैंक ६९ वर्ष पूरा गरी आजदेखि ७० वर्षमा प्रवेश गरेको हो ।
यसपटकको वार्षिकोत्सवमा राष्ट्र बैंक नेतृत्वविहीन अवस्थामा छ । गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल चैत २३ गतेदेखि सकिएसँगै अहिले राष्ट्र बैंक कामु नेतृत्वको भरमा चलिरहेको छ । राष्ट्र बैंकले नेतृत्वविहीन अवस्थामा वार्षिकोत्सव मनाउन लागेको यो दोस्रोपटक हो । ७० वर्षको इतिहासमा पछिल्लोपटक ५२ वर्षघअघि केन्द्रीय बैंकले नेतृत्वविना नै वार्षिकोत्सव मनाएको थियो ।
सबैभन्दा पहिलोपटक २०३० सालमा वार्षिकोत्सव मनाउँदा राष्ट्र बैंक नेतृत्वविहीन अवस्थामा थियो । गभर्नर डा. यादव पन्तको कार्यकाल सकिएपछि त्यतिवेला ११ दिनका लागि नेतृत्व खाली भएको थियो । सोही समयमा वार्षिकोत्सव पर्न जाँदा उत्सव नेतृत्वविहीन भएको हो ।
प्रतिक्रिया दिनुहोस्