Skip to content

सेयर बजार सामान्य बढेको दिन दुई लघुबीमा कम्पनीमा सकारात्मक सर्किट

काठमाडौं । आइतबार सेयर बजार सामान्य अंकले बढेर कारोबार हुँदा दुई लघुबीमा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आज नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी र क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको सेयर मूल्यमा सकारात्मक सर्किट लागेर कारोबार भएको हो ।

आज नेपाल माइक्रो लाइफ र क्रेस्ट माइक्रो लाइफको सेयर मूल्य ९.९९ प्रतिशतले बढेर कारोबार भएको हो । आज नेपाल माइक्रोको सेयर मूल्य ९४ रुपैयाँ ७० पैसाले बढेर १ जार ४२ रुपैयाँ ५० पैसा पुगेको छ । त्यस्तै क्रेस्ट माइक्रो लाइफको सेयर मूल्य ७८ रुपैयाँ ३० पैसाले बढेर ८६१ रुपैयाँ ९० पैसा पुगेको छ । यी दुई कम्पनीको सेयर मूल्य कारोबार भएको दिनदेखि लगातार रुपमा सकारात्मक सर्किट लागेर कारोबार भइरहेको छ ।

Hyundai

आज धेरै मूल्य बढ्ने शीर्ष पाँच कम्पनीमा भूगोल इनर्जी डेभलपमेन्ट कम्पनी, ङादी ग्रुप पावर लिमिटेड र सानिमा माइ हाइड्रोपावर लिमिटेड छन् । आज भूगोल इनर्जीको सेयर मूल्य ५८ रुपैयाँ ४३ पैसाले बढेर ८२३ रुपैयाँ ८९ पैसा पुगेको छ । जुन अघिल्लो कारोबारभन्दा ७.६३ प्रतिशतले धेरै हो ।

त्यस्तै आज ङादी ग्रुपको सेयर मूल्य पनि ७.५५ प्रतिशत अर्थात् २५ रुपैयाँ ६९ पैसाले बढेर ३६६ रुपैयाँ १६ पैसा पुगेको छ । सानिमा माइको सेयर मूल्य आज ३६ रुपैयाँ ९२ पैसाले बढेर ५५० रुपैयाँ ३३ पैसा पुगेको छ । यो अघिल्लो कारोबारभन्दा ७.१९ प्रतिशतले धेरै हो ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्