काठमाडौं । आइतबार सेयर बजार सामान्य अंकले बढेर कारोबार हुँदा पनि विन नेपाल लघुवित्तको सेयर मूल्यमा भने नकारात्मक सर्किट लागेको छ । आज विन नेपालको सेयर मूल्य ३०५ रुपैयाँ ७१ पैसाले घटेर २ हजार ७५२ रुपैयाँ १० पैसा पुगेको छ । यो अघिल्लो कारोबारभन्दा १० प्रतिशतले कम हो ।
आज धेरै मूल्य घट्ने पाँच कम्पनीमा नारायणी डेभलपमेन्ट बैंक, अपर सोलु हाइड्रो इलेक्ट्रिसिटी कम्पनी, हिमालयन हाइड्रोपावर र सिर्जनशील लघुवित्त रहेका छन् । आज नारायणी डेभलपमेन्ट बैंकको सेयर मूल्य ८६ रुपैयाँ ४० पैसाले घटेर १ हजार ६३३ रुपैयाँ २४ पैसा पुगेको छ । यो अघिल्लो कारोबारभन्दा ५.०२ प्रतिशतले कम हो ।
आज अपर सोलु हाइड्रो इलेक्ट्रिसिटीको सेयर मूल्य पनि ४.२६ प्रतिशत अर्थात् २२ रुपैयाँ ०७ पैसाले घटेर ४९५ रुपैयाँ ७५ पैसा पुगेको छ । आज हिमालयन हाइड्रोपावरको सेयर मूल्य पनि १६ रुपैयाँ ६९ पैसाले घटेर ४४७ रुपैयाँ ७६ पैसा पुगेको छ ।
जुन अघिल्लो दिनको भन्दा ३.५९ प्रतिशतले कम हो । आज सिर्जनशील लघुवित्तको सेयर मूल्य ७१ रुपैयाँ ४६ पैसाले घटेर २ हजार २६ रुपैयाँ ९७ पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा ३.४१ प्रतिशतले कम हो ।
प्रतिक्रिया दिनुहोस्