Skip to content

एआईले आर्थिक विकासमा ठूलो सहयोग गर्न सक्छः गुगल

एजेन्सी । ब्रिटेनले आफ्ना कामदारहरूलाई कृत्रिम बुद्धिमत्ता (एआई) प्रयोग गर्न तालिम दिन सकेमा ४०० अर्ब पाउन्ड बराबरको आर्थिक वृद्धि हासिल गर्न सक्ने गुगलले बताएको छ ।
Hyundai
गुगलले शुक्रबार सार्वजनिक गरेको पाइलट कार्यक्रमको प्रतिवेदनअनुसार, साना व्यवसाय, शैक्षिक ट्रस्टहरू र एक ट्रेड युनियनमा गरिएको परीक्षणमा एआई प्रयोग गर्दा कामदारहरूले वार्षिक १२२ घण्टा बचत गर्न सक्ने देखिएको छ ।
कामदारलाई एआई प्रयोग गर्ने अनुमति दिने र केही घण्टाको प्रारम्भिक तालिम प्रदान गर्नाले प्रविधिको अपनत्वदर दोब्बर बनाउन सक्ने र यसले समग्र आर्थिक वृद्धिमा उल्लेख्य योगदान पु¥याउने गुगलले जनाएको छ ।
पब्लिक फस्र्टसँगको सहकार्यमा गरिएको विश्लेषणअनुसार, विशेष गरी न्यून आर्थिक पृष्ठभूमिका वृद्ध महिलाहरूको दुई तिहाइले कार्यस्थलमा कहिल्यै जेनेरेटिभ एआई प्रयोग गरेका थिएनन् । गुगल युरोप, मध्यपूर्व र अफ्रिकाकी अध्यक्ष डेबी वेनस्टाइनका अनुसार, धेरैजसो कामदारहरूले एआई प्रयोग गर्दा वैधानिकताको चिन्ता गरेका थिए ।
थोरै घण्टाको तालिमले कामदारहरूको आत्मविश्वास बढाएको र उनीहरूले एआई प्रयोग दोब्बर गर्न थालेको उनले जानकारी दिइन् । केही महिनापछि पनि उनीहरू नियमित रूपमा एआई प्रयोग गरिरहेका थिए ।
प्रतिवेदनअनुसार, तालिमअघि पाइलट समूहका ५५ वर्षभन्दा माथिका महिलामध्ये साप्ताहिक रूपमा एआई प्रयोग गर्ने दर १७ प्रतिशत मात्र थियो भने दैनिक प्रयोग ९ प्रतिशत थियो । तर तीन महिनापछि साप्ताहिक प्रयोगकर्ता ५६ प्रतिशत पुगे र दैनिक प्रयोग गर्ने दर २९ प्रतिशतमा उक्लिएको देखिएको छ ।  गुगलले यी सामान्य हस्तक्षेपहरूले एआई प्रयोगमा रहेको दूरी घटाउन सक्ने स्पष्ट संकेत देखिएको जनाएको छ ।
Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्