Skip to content

सुन आयातको सिफारिसमा शुल्क नलिन राष्ट्र बैंकको निर्देशन

nabil bank

काठमाडौं । सुन व्यवसायसम्बन्धी संघ वा महासंघबाट सिफारिस लिँदा आयातकर्ताले शुल्क तिर्नु नपर्ने भएको छ । नेपाल राष्ट्र बैंकले सुन आयातको स्वीकृतिका लागि सिफारिस गर्दा शुल्क नलिन निर्देशन दिएको हो ।

केन्द्रीय बैंकले आज सूचना जारी गरेर बैंकहरुलाई आयातकर्तालाई सिफारिस गर्दा शुल्क नलिनका लागि निर्देशन दिएको हो । बैंकले सुन आयात तथा बिक्री वितरणसम्बन्धी कार्यविधि, २०६८ को दफा १४ मा व्यवस्था भएबमोजिम सिफारिस लिँदा कुनै शुल्क नलाग्ने जनाएको छ । बैंकले शुल्क नलाग्ने व्यवस्थालाई पूर्ण कार्यान्वयन गर्दै सिफारिस लिन आउने आयातकर्ता वा व्यवसायीलाई निःशुल्क सेवा दिन समेत निर्देशन दिएको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi