Skip to content

सेयर बजार घटेर कारोबार हुँदा पनि दुई कम्पनीमा सकारात्मक सर्किट

काठमाडौं । मंगलबार सेयर बजार परिसूचक घटेर कारोबार हुँदा ५७ कम्पनीको सेयर मूल्य बढेर कारोबार भएको छ । बजार घट्दा पनि आज २ कम्पनीको सेयर मूल्यमा भने सकारात्मक सर्किट लागेर कारोबार भएको हो ।

आज सेयर बजारमा क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स र नेपाल माइक्रो इन्स्योरेन्सको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आज क्रेस्ट माइक्रो लाइफको सेयर मूल्य रुपैयाँ ९० पैसाले बढेर १ हजार ४२ रुपैयाँ ८० पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा १० प्रतिशतले बढी हो । त्यस्तै आज नेपाल माइक्रो इन्स्योरेन्सको सेयर मूल्य पनि ११४ रुपैयाँ ६० पैसाले बढेर १ हजार २६१ रुपैयाँ ३० पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा ९.९९ प्रतिशतले धेरै हो ।

Hyundai

आज धेरै सेयर मूल्य बढ्ने शीर्ष पाँच कम्पनीमा भूगोल इनर्जी डेभलपमेन्ट बैंक, राधी विद्युत कम्पनी र कर्पोरेट डेभलपमेन्ट बैंक रहेका छन् । आज भूगोल इनर्जीको सेयर मूल्इ ९.०१ प्रतिशत अर्थात् ७१ रुपैयाँ ३२ पैसाले बढेर ८६२ रुपैयाँ ६२ पैसा पुगेको छ । त्यस्तै आज राधी विद्युतको सेयर मूल्य ७ प्रतिशत अर्थात् ४३ रुपैयाँ २५ पैसाले बढेर ६६१ रुपैयाँ ३० पैसा पुगेको छ । त्यस्तै कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्य १४७ रुपैयाँ ७६ पैसाले बढेर २ हजार ३७६ रुपैयाँ ६३ पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा ६.६३ प्रतिशतले बढी हो ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्