Skip to content

ओम मेगाश्री फर्मास्युटिकल्सको आईपीओ नेप्सेमा सूचीकृत

nabil bank

काठमाडौं । ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडको आईपीओ नेप्सेमा सूचीकृत भएको छ । बुधबार कम्पनीको कुल ६० लाख कित्ता सेयर सूचीकृत भएको हो ।

यस कम्पनीले सर्वसाधारण समूहको १८ लाख र संस्थापक समूहको ४२ लाख कित्ता गरी कुल ६० लाख कित्ता सेयर सूचीकृत गरेको हो । आज सूचीकृत भएको कम्पनीको सेयर आइतबारदेखि दोस्रो बजारमा कारोबार हुनेछ ।

कम्पनीको सेयर कारोबारका लागि नेप्सले न्यूनतम ९०.१७ रुपैयाँदेखि २७०.५१ रुपैयाँ ओपनिङ रेन्ज तोकेको छ । यही बीचमा रहेर कम्पनीको पहिलो सेयर कारोबार हुनेछ । नेप्सेले कम्पनीको सेयर कारोबारका लागि ’ओएमपीएल’ संकेत प्रदान गरेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime