एजेन्सी । विश्वको सबैभन्दा ठूली टेक कम्पनी गुगलका प्रमुख कार्यकारी अधिकृत (सीइओ) सुन्दर पिचाईले सन् २०२४ मा १०.७३ मिलियन अमेरिकी डलर अर्थात् करिब १४५ करोड रुपैयाँ तलब पाएका छन् । यो तलब सन् २०२३ मा प्राप्त तलबभन्दा करिब २२ प्रतिशत बढी हो ।
गुगलको मातृ कम्पनी अल्फाबेटले हालै सार्वजनिक गरेको २०२५ को प्रोक्सी स्टेटमेन्ट अनुसार, २०२२ मा भने पिचाईले २२६ मिलियन डलर पाएका थिए, जुन स्टक ग्रान्टलगायतका प्रदर्शन आधारित बोनससमेत समावेश गरिएको थियो ।
पिचाईको तलब प्याकेजमा आधारभूत तलब, स्टक अवाड्र्स र विभिन्न प्रकारका अन्य क्षतिपूर्ति समावेश छन ्। तर, उनको बेस तलब मात्र दुई मिलियन डलर हो । कम्पनीले उनको सुरक्षामा मात्र ८.२७ मिलियन डलर खर्च गरेको छ, जुन २०२३ को तुलनामा २२ प्रतिशतले बढी हो ।
यो सुरक्षा प्याकेजमा घरको निगरानी, यात्रा सुरक्षा, निजी ड्राइभर लगायत सबै सेवा समावेश छन् । अल्फाबेटका अनुसार, यो कुनै व्यक्तिगत लाभ नभई, उनको उच्च पदसँग सम्बन्धित सुरक्षा आवश्यकताको एक हिस्सा हो । सुन्दर पिचाई सन् २०१५ देखि गुगलका सीइओ हुन् ।
सबैभन्दा रोचक कुरा के भने, पिचाईको तलब ुूगलका औसत कर्मचारीको भन्दा ३२ गुणा बढी छ । सन् २०२४ मा गुगलका एक फुल टाइम कर्मचारीले औसत तीन लाख ३१ हवार ८९४ डलर तलब पाएका थिए ।






प्रतिक्रिया दिनुहोस्