Skip to content

डा. भट्टविरुद्ध परेको पूरक निवेदन सर्वोच्चद्वारा अस्वीकार, गुणाकरलाई गभर्नर बन्न खुल्यो बाटो

nabil bank

काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नर बन्न डा. गुणाकर भट्टको योग्यता नपुग्ने भन्दै सर्वोच्च अदालतमा परेको पूरक रिट निवेदन अस्वीकार भएको छ ।

अधिवक्ताद्वय विशाल थापा र प्रतिभा उप्रेतिले आगामी गभर्नर बन्न डा भट्टको योग्यता नपुग्ने भन्दै सर्वोच्च अदालतमा पूरक निवेदन दर्ता गराएका थिए ।
आज बुधबार न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र बालकृष्ण ढकालको संयुक्त इजलासले उक्त पूरक निवेदन अस्वीकार गरेको हो ।

सरकारले अर्थमन्त्रालय अन्तर्गतका सार्वजनिक संस्थानका पदाधिकारी तथा सदस्य नियुक्ति सम्बन्धी मापदण्ड संशोधन गरेर उमेरहद सम्बन्धी व्यवस्था हटाएपछि थापा र उप्रेतीले सर्वोच्चमा रिट दर्ता गरेका थिए ।

सरकारले फागुन ३० गते उक्त मापदण्ड संशोधन गरी पदाधिकारीलाई ३० वर्ष पूरा भई ६५ वर्ष ननाघेको र सदस्यलाई ३५ वर्ष पूरा भई ६५ वर्ष ननाघेको हुनुपर्ने व्यवस्था हटाएको थियो ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime