काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले ३ लाख ९१ हजार बढी कित्ता संस्थाप सेयर बिक्रीमा राखेको छ । बैंकले बैंककै विद्यमान संस्थाप सेयरधनीहरुले मात्रै खरिद गर्न पाउने गरि ३ लाख ९१ हजार ५७० कित्ता संस्थापक सेयर बिक्रीमा रोखको हो ।
उक्त सेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक सेयरधनीले अबको ३५ दिनभित्र आफूले लिन चाहेको सेयर विवरण खुलाएर नक्सालस्थित बैंकको कम्पनी सचिवको कार्यालयमा निवेदन दिनु पर्नेछ ।
तोकिएको म्यादभित्र संस्थापक सेयरधनीबाट खरीदका लागि पर्याप्त आवेदन नआएमा सर्वसाधारणलाई बिक्री गर्न प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्