Skip to content

भूगोल इनर्जीको सेयर मूल्यमा नकारात्मक सर्किट

काठमाडौं । बुधबारको सेयर कारोबार जारी रहँदा भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । समग्र नेप्से परिसूचक बढेर कारोबार भइरहँदा पनि यो कम्पनीमा भने नकारात्मक सर्किट लागेको हो ।

यो कम्पनीको सेयर मूल्य ८६ रुपैयाँ २२ पैसाले घटेर ७७६ रुपैयाँ ४० पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा १० प्रतिशतले कम हो । यो अवस्थामा सेयर बजार परिसूचक भने २ दशमलव ६९ अंकले बढेर २६३४ दशमलव ६८ विन्दुमा पुगेको छ । यो अवधिमा सेयर बजारमा १ अर्ब ८१ करोड माथिको कारोबार भएको छ ।

Hyundai
Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्