Skip to content

पार्टी एकता घोषणा स्थलबाटै पक्राउ परे रेशम चौधरी, यस्ताे छ कारण

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरी पक्राउ परेका छन् । जनमत पार्टी र नाउपाको पार्टी एकता घोषणा कार्यक्रम स्थलबाटै उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका  प्रवक्ता अपिलराज बोहोराले जानकारी दिए ।

चौधरीलाई सर्वोच्च अदालतको आदेश कार्यान्वयनका लागि पक्राउ गरिएको उनले लगानी न्यूजलाई बताए । टिकापुर घटनाका प्रमुख आरोपी चौधरी राष्ट्रपतिबाट कैद मिनाहा पाएर २०८० जेठ १५ गते जेलमुक्त भएका थिए । एकताका लागि कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको हलमा कार्यक्रम आयोजना गरिएको छ ।

Hyundai
Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्