काठमाडौं । चालु आर्थिक वर्ष नेपालको अर्थतन्त्र ४.६१ प्रतिशतले विस्तार हुने अनुमान गरिएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले चालु आवको राष्ट्रिय लेखा तथ्यांक सार्वजनिक गर्दै आर्थिक वृद्धिदर ४.६१ प्रतिशत रहने अनुमान गरेको हो ।
गत आव नेपालको आर्थिक वृद्धिदर ३.८७ प्रतिशत थियो । गत आवको परिमार्जित आर्थिक वृद्धिदर ०.२ प्रतिशत बिन्दु कम अर्थात् ३.६ प्रतिशत रहेको तथ्यांक कार्यालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्