Skip to content

दोब्बरले बढ्यो सिवाईसी नेपाल लघुवित्तको नाफा

काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकसम्मको अवधिमा सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफा दोब्बरले वृद्धि भएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आवको ९ महिनासम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार गत आवको ९ महिनाको अवधिमा दोब्बरले नाफा बढेको हो ।

कम्पनीले चालु आर्थिक वर्षको चैत मसान्तसम्म ५ करोड ५८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत आवको सोही अवधिसम्म यस्तो नाफा २ करोड ८० लाख रुपैयाँ रहेको थियो । खुद नाफासँगै कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) पनि झण्डै दोब्बर बढेको छ । गत आवको ९ महिनासम्ममा १४ रुपैयाँ ०२ पैसा रहेको कम्पनीको ईपीएस चालु आवको ९ महिनामा बढेर २७ रुपैयाँ ९६ पैसा पुगेको छ ।

अर्घाखाँची सिमेन्ट
Hyundai

त्यस्तै कम्पनीको खुद ब्याज आम्दानी पनि २० करोड ७३ लाख रुपैयाँबाट बढेर २९ करोड २२ लाख रुपैयाँ र सञ्चालन नाफा ३ करोड ४० लाख रुपैयाँबाट बढेर ७ करोड ६२ लाख रुपैयाँ पुगेको छ । २६ करोड ६४ लाख रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोषमा साढे ६ करोड रुपैयाँभन्दा बढी रहेको छ । निष्क्रिय कर्जा ८.४९ प्रतिशत रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ २६८ रुपैयाँ ५१ पैसा र वितरणयोग्य नाफा ४ करोड ३२ लाख रुपैयाँ रहेको छ ।

 

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्