Skip to content

गरिमा विकास बैंकको संस्थापक सेयर बिक्रीमा

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले संस्थाप सेयर बिक्रीमा राखेको छ । बैंकले विद्यमान संस्थाप सेयरधनीहरुले मात्रै आवेदन दिन पाउने गरि ६५ हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।

यो सेयर खरीद गर्न इच्छुक संस्थापक सेयरधनीले जेठ २१ गतेभित्र काठमाडौंको लाजिम्पाटस्थित बैंकको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेछ । तोकिएको म्यादभित्र संस्थापक सेयरधनीबाट उक्त सेयर खरीदका लागि आवेदन प्राप्त नभएमा सर्वसाधारणलाई बिक्री गर्न प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ ।

अर्घाखाँची सिमेन्ट
Hyundai
Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्