Skip to content

सुनको मूल्य एकै दिन ४६ सयले घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्यमा भारी गिरावट आएको छ । अघिल्लो दिन पनि तोलामा ७०० रुपैयाँले घटेको सुनको मूल्य आज ४ हजार ६०० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १ लाख ८३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिनसुन तोलाको १ लाख ८८ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

Hyundai

सुनसँगै आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा ५० रुपैयाँले घटेर १ हजार ९१५ रुपैयाँमा किनबेच भइरहेको छ । अघिल्लो दिन चाँदीको मूल्य १ हजार ९६५ रुपैयाँ रहेको थियो ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्