काठमाडौं । एनआइएमबी स्टक मार्केट्स लिमिटेडले आफ्नो नयाँ ट्रेड म्यानेजमेन्ट सिस्टम वैशाख १४ गते अाइतबारदेखि औपचारिक रुपमा सञ्चालनमा ल्याएको छ । सेयर कारोबारलाई अझै सहज, सुरक्षित र प्रभावकारी बनाउने उद्देश्यले तयार गरिएको यस आधुनिक प्रणाली अब प्रयोगकर्ताहरुको लागि उपलब्ध छ ।
नयाँ टीएमएसको सुरुवातसँगै, एनआइएमबि स्टक मार्केट्स लिमिटेडले नेपालको पुँजी बजारमा डिजिटल प्रविधिको प्रयोगमा महत्वपूर्ण कदम अघि बढाएको छ । यस प्रणालीमार्फत लगानीकर्ताहरुले अनलाइनमार्फत सेयर खरिद/बिक्री गर्दा वास्तविक समयमा अर्डर राख्न सकिने सुविधा तथा मोबाइल उपकरणहरुमा पनि सजिलो पहुँच रहेको छ ।
एनआइएमबी स्टक मार्केट्स लिमिटेडल नेपाल धितोपत्र बोर्डबाट इजाजतप्राप्त स्टक ब्रोकर हो, जसले भरपर्दाे तथा प्रविधिमा आधारित कारोवारको सेवा प्रदान गर्दै आएको छ । ग्राहक केन्द्रित सेवा र प्रविधिको सशक्त प्रयोग मार्फत नेपालको पूँजी बजारको विकासमा महत्वपूर्ण योगदन पुर्याउँदै आएको छ ।
प्रतिक्रिया दिनुहोस्