Skip to content

स्वास्थ्य मन्त्रीद्वारा जीपीमा सञ्चालित डायलासिस सेन्टरको उद्घाटन

स्वास्थ्यमन्त्री पौडेल-उद्घाटन तनहुँ, १८ वैशाख स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेल तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा मिर्गौला बिरामीको उपचारका लागि सञ्चालनमा ल्याउन लागेको हेमोडायलासिस युनिटको बिहीबार उद्घाटन गर्नुहुँदै । तस्बीर : सानेबहादुर नेपाली/रासस

दमौली । शुक्लागण्डकी नगरपालिका–५ स्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा मृगौला रोगीका लागि डायलासिस सेवा सुरु गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सो सेवाको आज शुभारम्भ गरे।

लायन्स क्लब इन्टरनेसनल ३२५ एल नेपालसँगको सहकार्यमा जीपी कोइराला लायन्स ‘हेमोडायलासिस युनिट’ स्थापना गरिएको हो । उपचार केन्द्रमा सातवटा उपकरण जडान गरिएका छन् । यसअघि तीन वटा उपकरणबाट डायलासिसको सफल परीक्षण गरिएको केन्द्रका कार्यकारी निर्देशक डा रामकुमार श्रेष्ठले जानकारी दिए।

अर्घाखाँची सिमेन्ट
Hyundai

श्रेष्ठले भने, ‘पहिलो चरणमा एक सिफ्ट सञ्चालन गर्न लागेका छौँ । त्यसमा दैनिक पाँच जनालाई सेवा दिन सक्नेछौं ।’ डायलासिस सञ्चालनका लागि चार जना नर्सलाई तालिम दिइ सकिएको छ ।

दक्षिण एसियाकै उत्कृष्ट श्वासप्रश्वास उपचार केन्द्रको रूपमा स्थापना गर्न सरकारले पूर्वप्रधानमन्त्री स्व. गिरिजाप्रसाद कोइरालाको स्मृतिमा श्वासप्रश्वास उपचार केन्द्र स्थापना गरेको थियो । शुक्लागण्डकी नगरपालिकाको बेलचौतारामा ७४० रोपनी जग्गा उपचार केन्द्रको नाममा छ ।

अस्पतालमा तनहुँको शुक्लागण्डकी, भीमाद नगरपालिका, म्याग्दे, रिसिङ गाउँपालिकासहित स्याङजा, पाल्पा र नवलपरासी जिल्लाका स्थानीय तहका बिरामीले सेवा लिने गरेका छन् ।

अस्पतालले विशेषज्ञ चिकित्सकबाट हाडजोर्नी तथा नशारोग, ‘जनरल सर्जरी’, ‘इन्टरनल मेडिसिन’ सेवा प्रदान गरिरहेको छ । अस्पतालले केही समय अगाडिबाट ‘कल्चर’ सेवा पनि सुरु गरेको छ । अस्पतालमा बहिरङ्ग, आपत्कालीन, प्रयोगशाला, ‘भिडियो एक्सरे’, सामान्य शल्यक्रियालगायतका सेवा दिइरहेको छ ।

अस्पतालले श्वासप्रश्वासको उपचार सेवा पनि सुरु गरिसकेको छ । अस्पतालमा दैनिक २५० बढी बिरामी उपचारका लागि आउने गरेका छन् । त्यसमध्ये ४०÷५० जना बिरामी श्वासप्रश्वासका रहेको अस्पतालले जनाएको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्